
News
More stories
-
in News
रासायनिक मलको विकल्पमा गड्यौला मलको उत्पादन थाले यहाँका किसान
भजनी, ११ असार :यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आउनुभएको […] More
-
in News
हत्याको आरोपमा एक नाबालकसहित १२ जना पक्राउ
वीरगञ्ज, ११ असार :जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । […] More
-
म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा
गलेश्वर, ११ असार : म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् ।स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् ।उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम […] More
-
in News
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षा चिन्ता र चुनौती बढ्दै
बाँके, ११ असार :नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ ।विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच […] More
-
in News
बुटवल उपमहानगरपालिकाको बजेट रु दुई अर्ब ३५ करोड
लुम्बिनी, १० असार :बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि रु दुई अर्ब ३५ करोडको बजेट पेश गरेको छ । उपमहानगरको नगरसभाको एघारौँ अधिवेशनमा आज उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पेश गर्नुभयो ।बुटवलको बजेटको अंशमा आन्तरिक आय रु ६० करोड, सङ्घीय सरकारबाट समानीकरण अनुदानवापत रु एक करोड ६१ लाख ३३ […] More
-
in News
भरतपुर महानगरको रु पाँच अर्ब ७४ करोड ४२ हजार ५६ लाख बरारकोे बजेट
चितवन, १० असार-भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ हजार ५६ लाख बरारकोे बजेट पेश गरिएको छ ।महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, […] More
-
in News
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल गर्ने प्रतिबद्धता
काठमाडौँ, १० असार -बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्टयाउनुभयो । आवश्यकताको आधारमा […] More
-
तल्लो मनाङका किसानलाई गहुँ खेती भित्र्याउने चटारो
मनाङ, १० असार -हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् ।जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताउनुभयो ।उहाँ भन्नुहुन्छ, “मनाङ हिमाली जिल्ला हो […] More
-
in News
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता दिइने
नवलपुर, १० असार -नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था […] More
-
in News
ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिँदै
दैलेख, ९ असार:ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो ।दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले […] More
-
in News
भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
भादगाउँ, ९ असार :भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । ले जनाएको छ । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको […] More
-
in News
स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र
वालिङ, ९ असार :स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ ।भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग […] More