More stories

  • in

    पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा […] More

  • in

    घरदैलोमै सुरक्षित गर्भपतन सेवाः छैन सेवाग्राहीलाई जानकारी

    सरकारले घरदैलोमै सुरक्षित गर्भतन सेवा सुरुआत गरे पनि अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना सेवन गर्ने यस्ता औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्र्दै गएको छ भने कतिपयको त अकालमै मृत्यु भएको जनाइएको छ । नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखाका व्यवस्थापक शरद अर्यालले भन्नुभयो, “दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना औषधि पसलका जथाभावी औषधिबाट […] More

  • in

    औलो रोग निवारण कार्यक्रम जारी

    सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत […] More

  • in

    धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै

    रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ । बुधबार मात्रै रामपुरमा तीनवटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । यहाँको वडा नं ४, ७ र ९ मा […] More

  • in

    आँखाको क्यान्सरको सफल शल्यक्रिया

    दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहनुभएका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक […] More

  • in

    ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

    जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई […] More

  • in

    विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

    चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो […] More

  • in

    योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्छ

    जनकपुर, ७ असार  – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ ।आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्छ भन्नुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउनुहुँदै मुख्यमन्त्री […] More

  • in

    खोप अनुदान सहयोग

    नेपाललाई संयुक्त राज्य अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप […] More

  • in

    हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

    हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो ।स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताउनुभयो । विद्यार्थीमा […] More

  • in

    गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिइने 

    काभ्रेपलाञ्चोक, ५ असार :रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन […] More

  • in

    बाजुरामा कालाजारका बिरामी भेटिए

    जिल्लाको पूर्वी उत्तरी भेगमा कालाजारका बिरामी भेटिन थालेका छन् । उत्तरी क्षेत्रका चार स्थानीय तहमा कालाजारका बिरामी भेटिने गरेको बूढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभएको छ ।उहाँका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याएका स्वामिकार्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका बालकमा कालाजार देखा परेको छ । कालाजार देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल […] More

Load More
Congratulations. You've reached the end of the internet.