More stories

  • in

    मुसहर समुदायका बालबालिका शिक्षामा आकर्सित

    हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनकरूपमा बढ्दै गएको पाइएको छ । हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टी, वडा नं […] More

  • in

    कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू

    टीकापुर, १२ फागुन (रासस) : कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देख्नुभएको थियो तर उहाँलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी हुनुहन्थ्यो । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा कम्लहरी बन्नुप¥यो । […] More

  • in

    एक वर्षपछि खुले विद्यालय

    मनाङ, १२ फागुन (रासस) : कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए । पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए […] More

  • in

    नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक

    काठमाडौँ, १२ फागुन (रासस) ः काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत […] More

  • in

    कवाडी बन्दै कम्प्युटर

    महोत्तरी, १२ फागुन (रासस) ः भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका÷दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् । जिल्लाको सम्सी […] More

  • in

    हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

    हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द […] More

  • in

    गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताउनुभएको छ । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका […] More

  • in

    घुम्ती विद्यालय दयनीय

    हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ । न भवन छ, न विद्यार्थी बस्ने डेस्कबेन्च नै, यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान […] More

  • in

    गाउँलेले ब्युँताएको विद्यालय

    गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो । काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । […] More

  • in

    कोरियामा मुक्तक सङ्ग्रह ‘झिल्को’ विमोचित

    नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिसमेत रहनुभएका प्राज्ञ सरूभक्त श्रेष्ठले मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन गर्नुभयो । दोस्रो […] More

  • in

    धुलोमा बसेर पढ्छन् बालबालिका

    दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् । बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको साँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल […] More

  • in

    बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

    गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर भई हाल हङकङमा रहनुभएका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँच/पाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको […] More

Load More
Congratulations. You've reached the end of the internet.