फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

‘इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’ को आयोजनामा तेस्रो राष्ट्रिय आइएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहने छ । आइएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पुरुषतर्फ पाँच र महिलातर्फ एक विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि तथा ६५ किलोमुनिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।यस्तै महिलातर्फ खुला तौलसमूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

CMSTH launches integrated OPD service

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर