अठार लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ पक्राउ

नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

पर्यटन प्रवद्र्धन गर्न अन्तरप्रदेश समझदारी