नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य बिन्दुकुमार चौहानको निधन

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले जनाएको छ ।

चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य हुनुहुन्थ्यो । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाल मार्शल आर्ट हप्किडो सङ्घमा घर्ती मगर

बलात्कार आरोपमा दुई पक्राउ