चन्दाबाटै बन्यो २० लाखको मन्दिर

समुदायको अगुवाइ भयो भने लाखौँ रकमको विकास निर्माण सम्भव हुन्छ भन्ने बागलुङ नगरपालिकाका स्थानीय बासिन्दाले देखाएका छन् । बागलुङ–९ तित्याङस्थित गाउँमा गाउँलेबाट चन्दा तथा श्रमदान जुटाएर रु २० लाखमा बालभैरव मन्दिर निर्माण गरिएको छ । धेरै पुरानो र जीर्ण मन्दिर भएकाले स्थानीयवासीले लाखौँ खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले बताउनुभयो ।रु २० लाख रकममध्ये रु १५ लाख नगद सङ्कलन गरेका स्थानीयवासीले रु पाँच लाख बराबरको श्रमदान गरेका थिए । मन्दिरमा तामाको छानो बिछाइएको छ । आकर्षक कलात्मक बुट्टा भरेका टुँडालहरू बनेका छन् । यसरी बनेका टुँडाल देख्दा काठमाडाँैका ऐतिहासिक मन्दिरको झल्को दिन्छ ।

विशेषगरी भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बालभैरवको भाकल गरेर निको हुने स्थानीयवासीको किंवदन्ती छ । यो मन्दिरमा हरेक साताको मङ्गलबार मात्रै पूजा हुने गर्छ । मन्दिरको विश्वासका कारण गलकोट र बलेवादेखि पनि कैयौँ मानिस पूजा गर्न पुग्ने गरेका ८० वर्षीय नरबहादुर खत्रीले बताउनुभयो ।वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिनेरहेछ भनेर यो उदाहरण बनेको बताउनुभयो । उहाँले मूर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Muglin- Naubise road obstructed

Nepal improves in ODI ranking