यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

खार्ताेम, २८ भदौ (रासस÷सिन्ह्वा) ः यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ ।यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए ।

सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो ।त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो ।त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो ।

त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Man arrested on charge of swindling people out of hundreds of rupees

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो