काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

नयाँ दिल्ली, ६ असार (रासस-एएनआई) : भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ ।
राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरुका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो ।
रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैन ः व्यापार मन्त्री

FNJ Bhaktapur chapter objects to Bagmati province’s plan to run media