म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

याङ्गुन, २७ जेठ (रासस–सिन्ह्वा) –– म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।
सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।
उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।
सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने