एनआरएनए एनसिसी चुनाव : वोर्ड अफ डाईरेक्टर (केद्रिय सदस्य ) का लागि पौडेलले मनोनयन दर्ता गराए

काठमाडौँ । यतिवेला एनआरएनए एनसिसीको चुनावले सिंगो अमेरिका तातेको छ। आगामी मेको अन्तिम साता हुने चुनावमा २० हजार बढी मतदाताले मतदान गर्ने चुनाव संसार कै ठूलो गैर आवासिय राष्ट्रिय समन्वय परिषद हो। आगामी २१ २३ दुई वर्षे कार्यकालका लागि हुने चुनावमा राज्य स्तर र केन्द्रीय स्तरका गरि ४०० बढी उम्मेद्धवारहरु मैदानमा छन् ।

यही मेसोमा वोर्ड अफ डाईरेक्टर (केद्रिय सदस्य ) का लागि चितवन , भरतपुरका प्रदिप पf}डेलले पनि मनोनयन दर्ता गराएका छन् । लामो समय प्राध्यापन श्रेत्रमा विताएका पोैडेल कुसल प्राध्यापक ,रणनीतिकार र अन्तरास्ट्रिय व्यापार ,राजनिती र विकास विध हुन् । त्रिविवाट कानुन र शिक्षामा स्नातक, ब्यबस्थापनमा स्नातकोत्तर गरेका पोैडेल अमेरिकाको स्टेयर युनिभर्सिटी वासिङ्टन डिसिवाट ब्यबस्थापनमा स्नातकोत्तर अध्ययन गरेका अनुभवी र पाका ब्यक्तित्वका रुपमा सबैमाझ परिचित छन् ।

नेपालमा रहदां प्राध्यापक संघको ३ पटक केन्द्रीय प्रतिनिधि ,पब्लिक कलेज संघ चितवन सदस्य , प्राध्यापक संघ वालकुमारि कलेज, को एकाई सभापति समेत भईसक्नुभएका पोैडेल, प्रजातान्त्रिक विचार समाज, शान्ति समाज, रेडक्रस , नेपाल जेसिज,, लायन्स क्लव, क्षयरोग निवारण लगायत का संस्थासंग पनि आवद्ध थिए ।

कलेज प्रशासनिक जिम्मेवारीमा ब्यबस्थापन संकायका प्रमुख भएर ५ वर्षको कार्यकाल पूरा गरेका पौडेल नेपाली कंग्रेस भरतपुरका निर्वाचित कोशाध्यक्ष समेत भएर काम गरेको लामो अनुभव छ । यसपटक १२ पदका लागि सोही पद मा ४ दर्जन उमेदवार चुनावि प्रतिस्पर्धामा रहँदा पौडेल भने आफ्नो सामाजिक कर्ममा बिताएको समय र दिएको योगदानका आधारमा निर्वाचित हुनेमा ढुक्क छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

झापामा र मोरंगमा कोरोना संक्रमितको संख्या बढ्दो , प्रदेश १ मा आज ५ सय ७७ संक्रमित

के आज र भोली राती पृथ्बीमा क्षुद्र ग्रह खस्ने नै हो त ? पृथ्बीका लागि खतरनाक हुने बिज्ञहरुको दाबी