पोखरेलले दिए गैरआबासिय नेपाली समाज अमेरिकाको क्यालिफोर्निया च्याप्टरको सभापती पदका लागि उम्मेद्धवारी

गैरआबासिय नेपाली समाज अमेरिकाको क्यालिफोर्निया च्याप्टरको सभापती पदका लागि विनय पोखरेलले ऊमेद्वारी घोषणा गरेका छन् । लामो समयदेखि समाजसेवामा नै आफ्नो अधिकांश समय खर्चिएका पोखरेलले आँफु क्यालिफोर्निया च्याप्टरको सभापती पदका लागि सबै दृष्टिकोणबाट योग्य भएको र आँफुलाई मतदान गर्न सबैमा अपिल गरेका छन् ।

उनले भनेका छन् बब समाजको हित र सेवा मा आँफु निरन्तर रहिआएको र झै गैर आबासिय नेपालीहरू माझ धेरै कुराहरू अपुरा रहेको हुँदा ति कामहरूलाई पुर्णता दिन कुनै कसुर बाँकी नराख्ने उल्लेख गरेका छन् । पोखरेलले उम्मेद्धवारी दिए लगत्तै जारी गरेको विज्ञप्ति यस्तो छ । पढ्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै

आदरणीय क्यालीफोर्निया बासी नेपाली अमेरिकन आमा बुवा , दिदी बैनी दाजुभाई तथा बिधार्थी भाई बैनीहरूमा नमस्कार म विनय पोखरेल बब समाजको हित र सेवा मा म निरन्तर रहिआएको छु अझै गैर आबासिय नेपालीहरू माझ धेरै कुराहरू अपुरा छन् ति काम हरूलाई पुर्णता दिन मा मैले गर्न सक्ने तथा त्यो भन्दा बढी समाजको चाहना अनुरूप को प्रयास गर्न गराऊन म सक्षम छु भन्ने अठोटका साथ मैले २०२१ -२३ को गैरआबासिय नेपाली समाज अमेरिकाको क्यालिफोर्निया च्याप्टर सभापती मा मेरो ऊमेद्वारी घोषणा गरेको छु ।
• क्यालिफोर्नियामा बसोबास गर्ने ४० हजार गैर आबासिय नेपालीलाई २० हजार सदस्य पुर्याऊने छु जो आजसम्म २००० कटाऊन सकिएको छैन,
• जेहेन्दार बिध्यार्थी को लागी स्कलरसिप को बेबस्था गर्र्ने छौ ,जुन आजसम्म पढेर के हुन्छ घन्टा हान्नु पर्छ मात्र भन्ने ले बिगारे तर म पढ्नु पर्छ भन्ने ऊच्च मनोबल बढाऊछु
• भै परी आऊने समस्या “मर्दा पर्दा “ मा जहिले यहा गो फन्ड भन्यो वा २ सय ४ सय को सधै मगन्ते तरिका लाई हटाएर ब्यबस्थित गैर आबासिय नेपाली को समस्या समाधान गर्ने दिर्घकालीन ब्यबस्था गर्ने छु ।
• टुरिस्ट भिजामा नेपाली प्यारेन्ट्स आऊदा हॉस्पिटल जानु परेमा निशुल्क ऊपचार ब्यबस्था को लागी सबैलाई सहयोग पुर्याऊने छु जुन मैले आजसम्म गरि गराई आएको छु ।
• गैर आबासिय नेपाली समाज लाई सिटी देखी स्टेट सम्म कनेक्सन गराऊने छु जुन पहिले प्रयास भन्दा पनी प्रचार मा ब्यस्त देखियो ।
• नेपाल बाट तत्कालै यहा आईपुग्नु भएको समस्त नेपाली लाई तत्काल बास, गास र जागीर को सहयोग स्थापना गर्ने छु ।
• नेपाल भन्दा ३ गुणा ठुलो क्यालिफोर्निया मा छरिएर रहेका नेपाली हरूको लागी मुख्य मुख्य शहरमा सामुदाईक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशीहरू भित्र डोनरहरू को लागी पहल गर्ने छु ।
• नेपाली समाज भित्र रहेका संस्थाहरूमा देखिएको हिसाब किताब लापरवाही र पारदर्शी आजसम्म कुनै संघ संस्था ले नगरेको लाई यु टर्न गर्दै पारदर्शिता मा १ पेनी को पनी बिबरण चिया खर्चमा नभई समाजिक खर्चमा गर्ने गराऊने र हिसाब राख्ने छु ।
• म आफ्नो स्वस्फुर्थ सोचले समाजको सेबा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाज को सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापन लाई पहिलो प्राथमिकता मा राखेर काम गर्ने छु ।
• दोहोरो नागरिकता सम्बन्धमा नेपाल सरकार लाई दबाब पुर्याऊन USA केन्द्र सभापतिलाई घचघचाई रहनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बिश्वासको मत लिन बुढानिलकण्ठ हानिएका ओली हिस्स परे , देउवाको जवाफले किन जिल्लिए त ओली ?

झापामा र मोरंगमा कोरोना संक्रमितको संख्या बढ्दो , प्रदेश १ मा आज ५ सय ७७ संक्रमित