सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा निणर्य गर्न आज बस्न लागेको माओवादीको स्थायी कमिटिको बैठक अकस्मात स्थगित

काठमाडौँ ६ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे का लागि डाकिएको बैठक स्थगित भएको हो । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषय तथा नयाँ सरकार गठनको विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्ने निणर्य गरेपछि आजको बैठक स्थगित भएको एक नेताले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज दिउँसो १ बजेबाट लागु हुने गरी संसद अधिवेशन अन्त्य भएको भनी राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्र पठाइसकेको छ ।अब माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग सहकार्य गरी छलफललाई अगाडी बढाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा

सचिनका बाबुको नराम्रो ब्यबहार देखेर सबैले गरे आलोचना, लाइभ अन्तरवार्तामा नै सचिनसँग झगडा परेको भिडियो भाइरल, बाबु भएर नाबालक छोरालाई के गरेको ?