राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा

काठमाडौँ ६बैशाख । आज बसेको मन्त्रिपरिषद्को बैँठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छिन् । भोली मंगलबार संसद बैठक बस्ने तय भइसक्दाआज दिउँसो १ बजेबाट लागु हुने गरी राष्ट्रपति भण्डारीले संसद्अधिवेशन गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ । पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ र १र६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १स्०० बजेदेखि अन्त्य गरेको छु ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पौष ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुनस्स्थापना गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सधै विवादमा आइरहने करण जोहरले एकाएक बिचैमा किन फिल्मबाट निकालिदिए कार्तिक आर्यनलाई ?

सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा निणर्य गर्न आज बस्न लागेको माओवादीको स्थायी कमिटिको बैठक अकस्मात स्थगित