सधै विवादमा आइरहने करण जोहरले एकाएक बिचैमा किन फिल्मबाट निकालिदिए कार्तिक आर्यनलाई ?

मुम्बई । अभिनेता कार्तिक आर्यन अब चलचित्र ‘दोस्ताना २’ मा नदेखिने भएका छन् । करण जोहरले कार्तिक आर्यनलाई फिल्मबाट निकालिदिएपछि उनी फिल्ममा नदेखिने भएका हुन् । भारतिय मिडिया कार्तिकलाई करणले फिल्मबाट निकालेको विषय खुबै गर्माएको छ ।

कार्तिक र धर्मा प्रोडक्सनका करण जौहरबीच वैमनस्यको स्थिति सिर्जना भएपछि उनलाई वर्खास्त गरिएको बताइएको छ । साथै अबदेखि धर्मा प्रोडक्सनले कार्तिकसँग कुनै काम नगर्ने पनि बताइएको छ । साथै अभिनेत्री जान्ह्वी र कार्तिकबीचको सम्बन्ध पनि बिग्रिएको बताइएको छ ।

कार्तिकले सुरुमा राम मधवानीको चलचित्र ‘धमाका’ सकाएर मात्रै ‘दोस्ताना २’ का लागि समय दिन्छु भनेपछि करण बिच्किएका थिए । त्यसपछि उनीहरूबीच कुराकानी नै हुन छोडेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्यको घोषणा