आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं-नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो ।

आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आफ्नो दल समेत व्यवस्थापन गर्न नसकेको ओली सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौं :नेता पौडेल

सधै विवादमा आइरहने करण जोहरले एकाएक बिचैमा किन फिल्मबाट निकालिदिए कार्तिक आर्यनलाई ?