आफ्नो दल समेत व्यवस्थापन गर्न नसकेको ओली सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौं :नेता पौडेल

काठमाडौँ ५ बैशाख । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले अब चाँडै नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले नयाँ सरकार पाउने बताएका छन् । आज बिहान एक कार्यक्रम मार्फत प्रधानमन्त्री केपी ओलीको मात्र यो देश नभएकाले ओल िविना पनि देश चन्छ भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा नेता पौडेलले सरकारलाई दिएको समर्थन अब चाँडै फिर्ता लिने पनि बताएका छन् । हामी करिब–करिब सरकारलाई दिएको समर्थन फिर्ता लिने नजिक–नजिक पुगेका छौँ । एक हप्ता आसपासमा हामीले एउटा निर्णय गर्छौं । भोलि पनि स्थायी कमिटी बैठक छ । त्यहाँ पनि हामीले यो बारेमा गम्भीर समिक्षा र छलफल गर्छौं ।

हामीले छिट्टै यसबारेमा एउटा कोर्ष लिन्छौं उनले भने । आफ्नो दल व्यवस्थापन पनि गर्न नसकेका ओलीले दुईतिहाई प्राप्त गरेका दल, आफना नेता केहीपनि व्यवस्थान गर्न नसकेको हुँदाखेरि माओवादीले देश बिगार्यो भन्न चाहीँ एउटा फगत कल्पनाबाहेक केहीपनि होईन नेता पौडेलको तर्क रहेको छ ।पार्टीलाई भद्रगोल पार्ने काम ओलीबाटै भएकाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई समेत विक्षिप्त बनाएको नेता पौडेलको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सचिनको बुबालाई आयो अहिले सम्मकै कडा चेतावनी (भिडियो सहित)

आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?