इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

२३ चैत (रासस÷सिन्ह्वा) ः इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गर्नुभयो । यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।
––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

बम विस्फोटमा परी एक सैनिकको मृत्यु