बम विस्फोटमा परी एक सैनिकको मृत्यु

२३ चैत (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन ।
––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित