भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

विजपुर, छत्तीसगढ, २२ चैत (रासस-एएनआई) : भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो ।
छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो ।
उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।
केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो ।

––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई

आलेख ः थारु संस्कृतिको एक जीवन्त सङ्ग्रहालय