प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ