नारायणी र राप्तीमा जलपक्षी गणना

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपछी गणना शुरु गरिएको छ ।

विश्वभर जनवरी ५ देखि जलपछी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना शुरु गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मका विभिन्न सिमसारहरुमा जलपछी गणना गरिँदैछ । बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० भन्दा बढी गणकहरु चरा गणनामा सहभागी भएको बताउनुभयो । विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिनुभयो ।

विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । “जलपछीको विभिन्न १२ वटा प्रजाति सङ्कटापन्नको सूचीमा परेका छन्”, उहाँले भन्नुभयो, “नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन् ।” जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरुको सङ्ख्यामा समेत कमी आएको उहाँको भनाइ छ ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं चराविज्ञ वासु विडारीले नदीका जलाधार क्षेत्रहरुमा प्रदूषण बढ्दै जाँदा जलपछीको सङ्ख्यामा कमी आएको बताउनुभयो । “शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्”, उहाँले भन्नुभयो, “जसको प्रत्यक्ष असर जलपछीहरुमा परेको छ ।” नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपछीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरुको तथ्याङ्कलाई यस वर्षदेखि स्थानीयरुपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताउनुभयो । अघिल्लो वर्षहरुमा हुने गणनाको रिपोर्ट एकमुष्ट निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्याङ्क बर्ड एजुकेशन सोसाइटीले समेत सार्वजनिक गर्ने उहाँको भनाइ छ । नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरु, यिनीहरुको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताउनुभयो । निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पछीहरुको बासस्थानमा समस्या हुँदा सङ्ख्या घटेको उहाँको भनाइ छ ।

आइतबार र सोमबार गरिएको जलपछी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताउनुभयो । विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्याङ्कले जलपक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उहाँको विश्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

“पानि खाने अम्खोरा” बोलको म्युजिक भिडियो सार्वजनिक

‘निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल’