ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

स्थानीय वायुको प्रभाव –  बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

सिकाइ निरन्तरता अभियान शुरु