पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई

डा तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् ।

लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गर्नुभएको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो ।

यस्तै डा तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरिी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । कोरोना कहरमा निरन्तर स्वास्थ्य सेवामा अविचलित भई सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पुरस्कार र धौलागिरि अस्पतालको चुस्त व्यवस्थापन गर्न सफल अस्पतालका अध्यक्ष केबीरानालाई सम्मान गर्न लागिएको हो ।

पुरस्कृत र सम्मानीत चार जनालाई आगामी माघ महिनाको अन्तिम साता नगद रु.१५÷१५ हजार सहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा कार्यरत डा. पौडेलले विसं २०७० मा कोषको स्थापना गर्नुभएको थियो । कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रहेनन् चितवनका कांग्रेस नेता तिमिल्सिना

स्थानीय वायुको प्रभाव –  बिहीबारसम्म आंशिकदेखि सामान्य बदली