सरीता गीरीलाई गंगा चौधरीको जवाफ : भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइन्छ ?(भिडियो सहित)

नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन्। चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन्। जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको’ भन्दै गिरीले संसदमा व्यक्त गर्दै आएको भनाइप्रति आपत्ति जनाएकी थिइन्। नेपालले एक पक्षीय रुपमा नक्सा सावर्जनक गरेर भारतलाई चिढ्याएको भन्दै गिरीले पटक पटक आवाज उठाएपछि त्यसको जवाफ स्वरुप चौधरीले त्यसप्रति लक्षित गर्दै कडा अभिव्यक्त दिएका थिइन्।

जेठ १९ को बैठकमा चौधरीले भनेकी थिइन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?’चौधरीको उक्त भनाइप्रति शुक्रबार सांसद गिरीले भनिन्, ‘मेरो पदको गरिमा नभए भौतिक आक्रमणमा उत्रि सक्थे। म प्रेम र सद्भावको भाषा बोल्न चाहन्छु। उहाँले दिएको अभियव्यक्तिलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

के दीपेन्द्र साच्चै सन्की थिए ? हेर्नुहोस आज सम्म नखोजिएको प्रश्नको उत्तर,कतै हराएको इतिहास (भिडियो हेर्नुहोस )

२२३ वर्षअघि काठमाडौंमा महामारी हुँदा काठमाडौंका स्थानियले रक्षा याचना गरेका माता शितला माजूको दर्शन गरौ (भिडियो हेर्नुहोस)