बाजुरामा थप पाँच जना क्वारेन्टाइनमा

मार्तडी, १७ चैत-बाजुराको बडिमालिका नगरपालिकास्थित मालिका माविको क्वारेन्टाइनमा थप पाँच जना थपिएका छन् । चौँतीस जना भारतबाट आएकाहरु बस्दै आएकामा थप पाँच जना जिल्ला बाहिरबाट उपचार गरेर फर्किएकाहरु थपिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो । अन्य बिरामी थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ जना पुगेको छ । उनीहरुलाई हाल बडिमालिका नगरपालिकाले खानेबस्ने व्यवस्था गरेको छ । सरसफाइ सामग्री सहयोगदेखि नेटको समेत सुविधा गरिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

FEB urges foreign-returnees to cooperate by staying in quarantine

आफूलाई स्वास्थ्य राखौ स्वास्थ्य रहन योगदान गरौं