हेल्थ डेस्क स्थापना गरेर राम्दीमा ५ हजारको स्वास्थ्य परीक्षण

स्याङ्जा, १७ चैत :गल्याङ नगरपालिका–१ राम्दीमा पाँच हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा रहेको राम्दीमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्दै आएकोमा अहिलेसम्म पाँच हजार २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

यसैबीच वालिङ नगरपालिका–१ रामबाच्छाका युवा व्यवसायी किरण ठकुरीले नगरपालिकाभित्र रहेका १७ वटा स्वास्थ्य चौकी, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी र फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपाल बालगृहका लागि रु एक लाख बराबरको स्यानिटाइजर, मास्क र पञ्जा सहयोग गर्नुभएको छ ।

वालिङमा विधान स्पोर्ट्स हाउस सञ्चालन गर्दै आउनुभएका व्यवसायी ठकुरीले आफ्नो छोरा विधानको जन्मदिनको अवसर पारेर सो सहयोग गर्नुभएको हो । विश्वरभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट सबै त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अन्य कार्य गर्नुभन्दा जनताको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीका(रासस) लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामग्री सहयोग गरेको ठकुरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना

विदेशबाट आएका दुई रसुवाली बसे होम क्वारेन्टाइनमा