मजदूरी गर्ने १७ परिवारलाई खाद्यान्न

खोटाङ  -दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोभिड–१९को सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण ज्यालादारी गर्न नपाएका ती परिवारलाई नगरपालिकाले आइतबार चामल, दाल, नुन र तेल उपलब्ध गराएको हो । नगरपालिकाको ‘लोककल्याणकारी नीति’ अनुसार लकडाउनका मारमा परेका दैनिक ज्यालादारी मजदूरलाई खाद्यान्न सहयोग गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विपद् व्यवस्थापन कोषबाटै कोरोना रोकथाम कार्यक्रम चलाइँदै

कतारबाट आएका तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ