कोभिड–१९- विदेशबाट फर्केकाको निगरानी

सुर्खेत, १७ चैत) :वीरेन्द्रनगर नगरपालिकाले विभिन्न मुलुकबाट हालै फर्केकाहरुको विवरण सङ्कलन गरी निगरानी बढाएको छ । नगरका १६ वटै वडामा पछिल्लो समय भित्रिएका १७२ जनाको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको नगरपालिकाले जनाएको छ ।विश्वमा कोभिड–१९ महामारीका रूपमा फैलिइरहेका बेला स्वदेश फर्किएका ती नागरिकको नियमित स्वास्थ्य परीक्षण शुरु गरिएको छ ।

कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले छिमेकी मुलुक भारतका साथै दुबई, साउदी अरब, कतार, कुवेत, कोरिया र मलेशियाबाट गरी पछिल्लो समय १७२ फर्किएको जानकारी दिनुभयो । सबै वडाले ती व्यक्तिको विवरण नगर कार्यपालिकाको कार्यालयमा पठाइसकेको उहाँले बताउनुभयो । “तत्काल कुनै स्वास्थ्य समस्या देखिए होम क्वारेन्टाइनमै बस्न अनुरोध गरेका छौँ, अहिलेसम्म कुनै त्यस्तो समस्या देखिएको सूचना प्राप्त भएको छैन्”, कार्यवाहक नगरप्रमुख ढकालले भन्नुभयो, “ती घरपरिवारलाई कोरोना भाइरसबारे सचेतना प्रदान गर्ने गरिरहेका छौँ ।”

नगरपालिकाले मुख्य बजार क्षेत्र रहेका वडाहरुमा दमकलद्वारा ‘डिसइन्फेक्टेट’ छरिरहेको जनाएको छ । सबै स्वास्थ्य संस्थामा न्यूनतम औषधि र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) पठाइएको कार्यवाहक नगरप्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले लकडाउन अवधिमा खटिने स्वास्थ्यदेखि फोहरमैला व्यवस्थापनका क्षेत्रमा खटिने कर्मचारीलाई श्रेणीअनुसार प्रतिदिन रु ६०० देखि ८०० प्रोत्साहन खर्च उपलब्ध गराउने निर्णय गरेको छ । (रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

२३ घरपरिवारलाई खाद्यान्न वितरण

लकडाउन आठ दिन थप