दुर्घटनामा एकको मृत्यु

इनरुवा, १६ चैत  :सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आइसोलेसन वार्ड स्थापनामा जुटे सिन्धुपाल्चोकका १२ स्थानीय तह

आदेश उल्लङ्घन गर्ने ६०० लाई सडकमै ‘होल्ड’