राप्ती गाउँपालिकामा क्वारेन्टाइन, एम्बुलेन्स तयारी अवस्थामा

दाङ-राप्ती गाउँपालिकाले कोभिड–१९को जोखिम रोक्नका लागि दुई स्थानमा क्वारेनटाइन र एक ठाउँमा आइसोलेशन वार्ड निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लालमटियामा रहेको एराति आदर्श बहुमुखी क्याम्पस र सिसहनियाको सर्वोदय माध्यमिक विद्यालयलाई क्वारेनटाइन बनाइएको जानकारी दिनुभयो ।
गाउँपालिकाले बाहिरबाट घर फर्केकालाई क्वारेन्टाइनमा आउन पनि आग्रह गरेको छ ।

त्यस्तै गढवा गाउँपालिकाले जनता माध्यमिक विद्यालय गढवामा तीन वटा आइसोलेशन वार्ड तयार पारिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यातवले अन्य वडामा पनि आवश्यकतानुशार व्यवस्थापन गर्न सकिने बताउनुभयो ।त्यस्तै राजपुर गाउँपालिकाले पनि अहिलेलाई बेला स्वास्थ्यचौकी र गंगदी स्वास्थ्यचौकीमा दुईदुई आइसालेशन वार्ड तयारि अवस्थामा राखिएको जानकारी दिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भारतबाट आएका मानिसलाई गाउँगाउँ गएर घर भित्र सुरक्षित भएर बस्न आग्रह गरिएको बताउनुभयो । उहाँले गढवा स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा उपलब्ध रहेको पनि जानकारी दिनुभयो ।त्यस्तै कोरोना भाइरसको आशङ्का गरिएका बिरामी फेलामा परेमा तत्काल अस्पतालमा पुयाउनका लागि दाङमा १५ एम्बुलेन्सलाई तयारीका साथ राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमण फैलिन नदिन यहाँका तीनै निर्वाचन क्षेत्रमा पाँचपाँच एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताउनु भयो । ती एम्बुलेन्स यहाँका १० वटै स्थानीय तहको पहुँचमा पुग्ने गरी व्यवस्था मिलाइएको छ । प्रजिअ रिजालले यहाँका एम्बुलेन्स चालकलाई स्यानिटाइजर र मास्क शुक्रबार वितरण गर्नुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चन्द्रागिरिका छ वडामा मास्क वितरण

कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी