चन्द्रागिरिका छ वडामा मास्क वितरण

काठमाडौँ :उद्योग वाणिज्य सङ्घ चन्द्रागिरि शाखाले चन्द्रागिरि नगरपालिका भित्रका छ वडामा मास्क वितरण गरेको छ । विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै सङ्घले  वडा नं १, २, ३, १०, ११ र १५ मा मास्क वितरण गरेको हो ।

सङ्घका शाखा अध्यक्ष रामनारायण घिमिरेले नगरपालिकाभित्र रहेका विपन्न वर्गसम्म मास्क पुग्ने उदेश्यले प्रत्येक वडाका अध्यक्षमार्फत चन्द्रागिरिवासीलाई मास्क वितरण गरेको जानकारी दिनुभयो । “अहिले प्रत्येक वडाका अध्यक्षलाई एक÷एक सयका दरले वितरण गरेका छौँ, अपुग भए आगामी दिनमा पनि थप्दै लैजान्छौँ”, उहाँले भन्नुभयो । चन्द्रागिरीका १५ वटै वडामा मास्क वितरण गरीने सङ्घले जनाएको छ ।

शाखाका उपाध्यक्ष रोशन दानीले नगरपालिकाभित्र तीन हजार थान मास्क वितरण गर्ने बताउनुभयो । सङ्घले नगरपालिकाभित्र खाद्यान्न, ग्यास, औषधीलगायत अत्यावश्यक सामाग्रीको अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा

राप्ती गाउँपालिकामा क्वारेन्टाइन, एम्बुलेन्स तयारी अवस्थामा