कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने

काठमाडौँ  -काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हँुदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गर्नुभयो । केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गर्नुभयो ।

फोन आएपछि तत्काल कामपाको फोहर संकलन गर्ने सवारी साधन आउने उहाँले ठोकुवा गर्नुभयो । फोहर मात्रै नभई अहिलेको विषम परिस्थितिमा स् अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न पनि उहाँले सबै नागरिकलाई आग्रह गर्नुभयो । विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गर्नुभयो ।

उहाँले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । कामपाले कोभिड–१९ थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई पनि तीव्र बनाएको छ । यसक्रममा बिहीबार बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज, वसन्तपुर र यसका आसपास भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो ।

कामपाका प्रमुख शाक्यका अनुसार बाक्लो बस्ती, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो ।
लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले औषधि छर्न शुरु गरेको हो । कामपाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ ।

मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका स्थान असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा औषधि छर्कने कार्यको शुरुआत भएको हो । कामपाले अहिले दैनिक चार हजार लिटर क्षमताका दश ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार ट्याङ्कर थप गर्न सकिने सापकोटाले बताउनुभयो ।

प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो । यससँगै कामपाले ब्रुमरले सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ । आवश्यक पर्दाका समयमा खबर गर्नका लागि कामपाका सबै वडाध्यक्षको फोन नम्बर सार्वजनिक गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोना सङ्क्रमण नियन्त्रण र राहतका लागि पूर्वी चितवनमा ८० लाखको कोष स्थापना

पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण