“हामी सवै प्रवासी नेपाली सहयोगी वनौ” भन्दै प्रवासी नेपाली डिला खरेलको खुला पत्र , अस्ट्रेलियामा रहनु भएका नेपाली विद्यार्थीहरुको समस्यामा हातमा हात मिलाउन आग्रह

अस्ट्रेलियामा रहनु भएका नेपाली विधार्थीहरु जो समस्या मा हुनु हुन्छ – कसरि सहयोग गर्ने – सरोकार वाला ( नेपाली राजदुतावास, एन आर एन , एका – एजुकेशन कन्सल्टेन्सी र अन्य सवै सवै “हामी सवै प्रवासी नेपाली ले सहयोगी वनौ” भन्दै एनआरएन अस्ट्रेलियाका दिला खरेलले आग्रह गरेका छन। विश्वभर चलि रहेको वर्तमान कोरोना माहामारीका कारणले अस्ट्रेलियाका सवै सवै नागरिक , क्षेत्र र समुदाय लाइ असर परेको छ , सरकार समेत वहुत गारो समयमा छौ।तर म आफै पनि धेरै भन्दा धेरै नेपाली विद्यार्थी हरु संग को सम्पर्कमा छु मेरो आफ्नै भाइ वहिनी भतिज भान्जा भान्जी समेत विधार्थी भिषा मा अस्ट्रेलिया मा हुनुहुन्छ म र मेरो परिवारले सकेको सहयोग गरि रहेका छौ।

अव के गर्ने त :

एका – अस्ट्रेलियामा रहेका एजुकेशन कन्सल्टेन्सीको सयुंक्त संस्था
आदरणीय अध्यक्ष पी आर अधिकारि ज्यु मार्फत सवैमा,
प्रिय अध्यक्ष्य ज्यु,

आदरणीय व्यवसायी साथी हरु अहिलेको परिस्थितिमा हो नेपाल वात विद्यार्थी भिषा मा आउदा ( GTE लेखेर बुवा आमा को कमाइ छ फ़ाइनन्सिअल देखाएर आएका १ बर्ष खान वस्न पुग्ने पैसा छ भनेर आएको ) यो अहिले उठाई राख्नु पर्ने विषय रहेन वास्तविकता र व्यावहारिकता अहिले के छ त्यता तिर जाम – सम्पूर्ण एजुकेशन कन्सल्टेन्सी हरुको प्रधान आयश्रोत विद्यार्थी नै हुन् एकाले नै पहल कदमी लियोस सवै कन्सल्टेन्सी ले आ आफ्नो ठाउ वाट राम्रो काम गरि रहेकै छन् अव मात्र विद्यार्थी आर्थिक सहयता कोष निर्माण गरौ र खुल्ला आव्हान गरि विद्यार्थी हरुको खाता मा केहि पैसा नै सहयोग गरौ – हो यो दिर्घकालिन समधान होइन , दिर्घकालिन समधान हामी मिलेर खोज्दै गरौला ( यसमा नेपाली राजदुतावास , एन आर एन र एका मिलि – कलेज युनिभर्सिटी लाइ छुट तथा स्कुलार्शिप माग्ने , अन्तरास्ट्रिय विधार्थी लाइ ट्रेन , वास मा ट्राभल डिस्काउन्ट माग्ने आदि आदि ) तर अहिले हरेक नेपाली विद्यार्थी को बैक खातामा आर्थिक साहयता गर्नै पर्छ ! करिव ५०,००० वा अलिक बढी विद्यार्थी अस्ट्रेलिया भर होलान केहि न केहि उनीहरु लाइ आर्थिक सहयोग गरौ।

एन आर एन
आदरणीय अध्यक्ष केशव कंडेल ज्यु मार्फत सवैमा,
प्रिय अध्यक्ष्य ज्यु,

गैर आवासीय नेपाली संघ पनि सवै नेपाली हरुको साझा संस्था र अभिभावकीय संस्ठा हो अहिले गरेको काम हरु निकै प्रशंसनीय छ – एका लाइ नेपाली राजदुतावास लाइ संग संगै सहकार्य गराई सहयोगी भइ विद्यार्थी लाइ आर्थिक सहयोग पुर्याउन सहयोग गर्ने – एन आर एन ले पैसा नउठाउने हामी नेतृत्वमा करिव २०० जना प्रतक्ष्य छौ हामी हरुले आफ्नो गोजी वाट यथोचित सहयोग गर्ने – एन आर एन संग करिब ३ लाख डलर जति पैसा छ त्यो हामी सवै को पैसा हो।

नेपाली राजदुतावास –

महमहिम राजदुत महेशकुमार दाहल मार्फत सवैमा,

महमहिम राजदुत ज्यु,

जो विद्यार्थी को भिषा मा समस्या हुन्छ , शारीरिक र मानसिक स्वास्थ्य मा असर पर्छ रेख देख गर्ने विद्यार्थी संग को नजिक सम्पर्क मा वासी रहने, अस्ट्रेलियन सरकार संग के कसरि राहत र सहयोग लिन सकिन्छ फेडेरल लेभल मा , पोलिसी लेभेलमा एड्भोकेसी गर्ने र नेपाल सरकार तिनै विद्यार्थी का नेपाल स्थित माता पिताले तिरेको कर वाट केहि वजेट पनि हुन्छ न्युनतम आर्थिक रकमको सहयोग कोष को घोषणा गर्ने – नियमन गर्ने र अस्ट्रेलिया स्थित समुदाय संग नजिक भन्दा नजिक रहेर काम गर्ने।

अन्त्यमा , सल्लाह मात्र आयो तपाइँ के गर्नु हुन्छ भन्नु होला , सर्व प्रथम त म एन आर एन को कुनै पद मा नरहेको व्योहरा अवगत गराउन चाहन्छु , म कुनै पनि एजुकेशन कन्सल्टेन्सी संग आवद्ध छैन – म यो वेला एन आर एन लाइ , नेपाली राजदुतावास लाइ र एका लाइ मन , वचन र कर्म ले सहयोग गर्न चाहन्छु र आशा गरौ वन्ने उक्त विद्यार्थी आर्थिक सहयता कोष मा – १००० डलर सहयोग गर्नेछु, पेशाले म एकाउण्टेण्ट हु अस्ट्रेलिया सरकार को आर्थिक सहयता प्याकेज को को ले के कसरि पाउन सकिन्छ के के नीति नियम छन् पेशागत मर्यादा र नियम भित्र रही सहि जानकारी दिएर सहयोग गर्नेछु।

जो जहाँ हुनुहुन्छ यहा हरु सवैको सुरक्षित वसाई र सुस्वास्थ्यको कामना गर्दछु , सवै सवै का आ आफ्ना भगवानले र दोव्य शक्ति ले सवै सवैको रक्षा गरुन भनि प्रार्थना गर्दछु ।

धन्यवाद !

डिला खरेल
मो : ०४३४३९२३४७
इ : dilakharel @gmail .com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

5.9-magnitude quake hits easternmost Indonesia

जसले गरिबलाई साथ दिन्छ, उसलाई भगवानले साथ दिन्छन्, लक डाउनको बेला घरै बसेर यो भिडियो हेर्दै टायम पास गर्नुहोला ! नेपाली मनछुने भिडियोको साथमा (भिडियो)