कोरोना कोषमा उद्योगी व्यवसायीको तर्फबाट दुई लाख ५१ हजार

परासी, १३ चैत -उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु दुई लाख ५१ हजार प्रदान गरेको छ ।प्रदेश सरकारले स्थापना गरेको रु १० करोडको कोषमा सो रकम उपलब्ध गराइएको महासङ्घ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो । विपद्मा सरकारलाई जुनसुकै सहयोग गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ थियो ।

कोषमा स्वेच्छिक सहयोग गर्न चाहानेका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा रकम जम्मा गर्न आग्रह गरेको छ । कोषमा हालसम्म प्रदेशका छ मन्त्रीले एक÷एक महिनाको तलब उपलब्ध गराएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कास्कीमा जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन भयोः कास्की प्रहरी

भारतमा रेलसेवा पनि बन्द