क्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग गराइने

भद्रपुर, १३ चैत  -कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिनभयो ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोनाभाइरस- अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित

हिमा गाउँपालिकामा २५ जना क्वारेन्टाइनमा