सिन्धुपाल्चोकमा लकडाउन अवज्ञा गर्ने १५० नियन्त्रणमा

मेलम्ची, १३ चैत -सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताउनुभयो । नागरिककै हितका निम्ति कोरोना भाइरस सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब जम्मा गर्ने घोषणा

तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङको मध्यविन्दुमा ३० शय्याको क्वारेन्टाइन