नेपालमा पुनः एकजनामा कोभिड–१९ पोजिटिभ देखियो

काठमाडौँ, १२ चैत -कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उहाँले ती व्यक्तिको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवातीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कअनुसार ६८७ मा कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ दिन आग्रह

भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा