प्रतिनिधिसभाको अर्काे बैठक चैत २३ गते

काठमाडौँ, १२ चैत -प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्काे बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Cooperation between govt, citizen stressed to face COVID-19

अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ दिन आग्रह