लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधन नियन्त्रणमा

दमौली, १२ चैत -जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।अधिकारीले भन्नुभयो, “जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।” अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्री राउतको निर्देशन