पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

इस्लामाबाद, १२ चैत– प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ ।

प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । (रासस/एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण नयाँ उचाईमा, भारतमा लकडाउन

लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधन नियन्त्रणमा