लकडाउनका बेला समस्या परेका बिरामीको लागि भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

भैरहवा, १२ चैत -संयुक्त एम्बुलेन्स चालक सङ्घ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । सङ्घको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी अवस्थामा राखिएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिनुभयो । सचिव मुराउका अनुसार विश्वमा कोरोनाको सङ्कट परिरहेका बेला देशलाई सहयोग पु¥याउने उद्देश्यले आफूहरु संस्थागत रुपमा अगाडि बढेको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच पक्राउ

विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन शुरु