बेँसीशहर नगरपालिकाले कोरोना रोकथामका लागि एक करोड दिने

लमजुङ : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि रु एक करोड बजेट विनियोजित गरेको छ । नगर कार्यपालिकाको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग पु¥याउन, तयारी र बन्दोबस्तीसमेतका लागि यतिका बजेट विनियोजित गरेको हो ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने क्रममा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र कर्मचारीको मृत्यु भएमा वा जोखिमा परी अङ्गभङ्ग भएमा रु १० लाख आर्थिक सहयोग दिनेसमेत निर्णय भएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । त्यस्तै कार्यपालिकाको बैठकले एक हजार श्यया क्षमताको क्वारेनटाइन बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । क्वारेनटाइनस्थलका लागि जिल्ला समन्वय समितिको सभाहल र विद्यालयका कक्षाकोठा प्रयोग गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरसका शङ्कास्पद बिरामीका लागि नगरवासीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, ७५ वर्षमाथिका लागि घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्नेलगायतका निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा बैठक बसी रहन सम्भव नभएमा कोरोना रोकथाम तथा नियन्त्रणका कुनै निर्णय गर्नुपरेमा नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई अधिकार र जिम्मेवारी दिनेसमेत बैठकले निर्णय गरेको छ ।

त्यसैगरी नेपाल सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म मुलुकभर ‘लकडाउन’ गर्ने निर्णय गरेकोले उक्त निर्णयलाई पूर्णरुपमा पालना गर्न बैठकले नगरवासीमा आह्वान गर्दै निर्णय पालना भए÷नभएको अनुगमन गर्न वडा कार्यालयलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाल निर्माण व्यवसायीका तर्फबाट एक करोड सहयोग

भारतबाट नेपाल भित्रिए ८० मालवाहक गाडी