गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने, निर्णय स्वागतयोग्य

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले केहि मापदण्ड़मा रहेका अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ। नेपाल बाट अस्ट्रेलिया अध्ययन गर्नु आएका बिद्यार्थीहरु जो सेल्फ आइसोलेसन बसिरहेको छन , उनीहरुलाइ ३० दिन निशुल्क खाना खुवाउने प्रोग्रामको जानकारी एनआरएन अस्ट्रेलियाले आज प्रेस रिलीज गरी दिएको छ। अहिलेको अबस्था र परिस्थितिलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाद्वारा गरिएको निर्णय स्वागतयोग्य रहेको प्रस्ट देखिएको छ। थप अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरु जो बिशेष मापदण्ड़ बाहिर रहेका छन , ऊनिहरुले पनि १५ दिन निशुल्क खाना पाउने अबस्था रहेको छ।

प्रोग्राम २३ मार्च २०२० वाट लागु हुनेछ भने उक्त प्रोग्राममा समावेश हुन अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुले केहि मापदण्ड़ तल प्रेस रिलीजमा उल्लेखित विवरण अनुसार गर्नु पर्नेछ।

थप जानकारीको लागि हेल्प लाइन १८००९५४५४० मा सम्पर्क गरी लीन सकिने एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

घर आउने भए छाता लिएर मात्र आउ नत्र न आउ, ‘बाठो मान्छे’ भाग – २ (नेपाली कमेडी भिडियो)

कोभिड-१९ को प्रतिकार्य योजनामा कर्णाली प्रदेश सरकारसँगै निजी क्षेत्रसमेत एकीकृत