अस्ट्रेलियामा रहेको नेपाली राजदूतावास द्वारा कन्सूलर सेवा सम्बन्धमा अत्यन्त जरूरी सूचना जारी गरेको छ। विगत केही दिनदेखि अष्ट्रेलियामा COVID-19 (Coronavirus) बाट सङ्क्रमितको संख्या बढ्दै गइरहेको र अष्ट्रेलिया सरकारले पनि उच्चस्तरको सावधानी अपनाउन आह्वान गरेको सन्दर्भमा अष्ट्रेलियन सरकार र नेपाल सरकारको निर्देशन तथा हाम्रा सेवाग्राहीको स्वास्थ्य अवस्थालार्इ ख्याल गर्दै यस राजदूतावासबाट प्रदान हुने सेवा प्रवाहमा मिति बिहीबार, १९ मार्च २०२० देखि अर्को सूचना नभएसम्मको लागि देहायबमोजिम गरिएको व्यहोरा अनुरोध छः
१. राजदूतावासको नियमित कन्सूलर सेवाहरू जस्तै- राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाल परिचय पत्र, भीसा र सवारी चालक अनुमति पत्रलगायतका कागजात प्रमाणिकरणका लागि यस राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने ।
२. अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भर्इ सहीछाप गरीदिनुपर्ने कामका लागि अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा आउने ।
३. राजदूतावासमा आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोनबाट सम्पर्क गरी समय लिएर मात्र-अफिस खुल्ने दिन बिहान १० बजे देखि 1 बजे सम्म- आउने ।
४. विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउने ।
५. अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्ने । राजदूतावासको सेवा एवं अन्य कुनै जानकारी लिनुपरेमा यस राजदूतावासको देहायको फोन/इमेलमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
फोन नं.- ०२-६२८६८००४, अथवा ०२-६२८६८००६ कार्यालय समयपछि (बेलुका ५ बजेदेखि राती ९ बजेसम्म) अत्यन्त जरूरी परेमा- ०४३३९००२२७ वा ०४५०४३६१९९ मा सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ ।
साथै, अष्ट्रेलिया सरकारले COVID-19 को नियन्त्रण तथा रोकथामका लागि लागू गरेको व्यवस्था जस्तै, सार्वजनिक भेला हुने खालको कार्यक्रम आयोजना नगर्ने, नेपालबाट आएपश्चात अनिवार्यरूपमा १४ दिन सम्म Self-quarantine मा बस्ने, अस्वस्थ भएमा यथाशीघ्र स्थानीय State or Territory Health Authority मा सम्पर्क गर्नुहुन समेत यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
१८ मार्च २०२०
नेपाली राजदूतावास, क्यानबेरा
Comments
0 comments