एन आर एन ए अस्ट्रेलियाको हार्दिक अपिल

एन आर एन ए अस्ट्रेलियाले सम्पूर्ण अस्ट्रेलिया बासी बुवा,आमा, दाजु, भाइ तथा दिदी बहिनीहरुमा अनुरोध गर्दै अत्यन्त महत्वपूर्णसूचना सार्वजनिक गरिएको छ । एन आर एन ए अस्ट्रेलियाद्वारा जारी अपिलमा सबै सतर्क रहन साथै डाक्टरको सल्लाह मुताबिकअगाडि बढ़न अनुरोध गरिएको छ ।

“कोभिड-१९ (कोरोना) भाइरसको संक्रमण बढ्डै जाँदा हामी सबैले अति सतर्कता अपनाउन पर्ने देखिएको छ । आइसोलेसनमा बस्नभनिएका सम्भावित बिरामीहरु पनि आइसोलेसनमा नबसी धेरै जमघटमा जाने गरेको पाइएकोले हामी निकै चिन्तित भएका छौं। सन्देहलागे परिक्षण् गराइहाल्न र डाक्टर को सल्लाह १००% पालन गर्न हुन बिनम्र आग्रह गर्दछौं।

कुनै पनि कार्यक्रममा सहभागी हुँदा बिशेष सतर्क हुन सबैलाई आग्रह गर्दछौं। सबै नेपाली संघ सस्थाहरु र कार्यक्रम आयोजकले पनि धेरैजमघटम हुने कार्यक्रम गर्दा अति सतर्कता अपनाउन हुन बिनम्र आग्रह गर्दछौं । “

एन आर एन ए अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Suiya institutes health desk

तनहुँको छिम्केश्वरीमा सात हजार भक्तजनले दर्शन गरे