अस्ट्रेलियाबाट नेपालसम्मको माया, एक पटक जसरी पनि घुम्नु पर्ने देश- नेपाल

भनिन्छ नजिक को तीर्थ हेला र चीज कम हुने गरेको महसूज हुनु मानवीय फराकिलो सोचको कमजोरी हुन सक्छ। तर अहिलेको आधुनिकरण , बिकशित संसार र सूचनाको पौचले मानिसले धेरै कुरा नजिक बाट निहाल्ने मौका पाएको हुन्छ । हामी जन्मिएको, खेलेको र हुर्किएको ठाउ हामीलाई माया लाग्नु कुनै अनौठो कुरा होईना। तर कुरा सुन्दा अच्चम्म लाग्छ, अस्ट्रेलियामा बस्दै आएका एक भारतीय मुलुकका ब्यक्ति जसलाई नेपालको माया एती धेरै लाग्दो रहेछ भन्दा सुनेर मेरो भित्री मन हर्षको आसूले भरिएको थियो।

उनको नाम शोएब अंसारी हो ऊनि अध्ययनको शिलशिलामा २००८ मा अस्ट्रेलिया आएका रहेछन l भारतको हैदराबाद बाट एकाउंटिंग अध्ययन गर्न अस्ट्रेलिया आएका अंसारीले नेपाल र माउन्ट एभरेस्ट भन्ने सुनेका रहेछन। तर घुम्ने अबसर मिलेको रहेनछ।अध्ययनको शिलशिलामा नेपालको एक जना साथी सग परिचय भएछ, साथमा समय क्रम सग सगै एक अर्को लाई जीवनभर साथ दिने सोची अन्तमा बिबाह बन्धनमा बाँधिएको बताएका थिए । बिबाह पश्चात नेपाल भ्रमण गर्दा आफुलाई स्वर्ग पुगेको महसूस भएको बताउँदै छिटो पून नेपाल भ्रमण गर्न मन लागेको ओएस नेपाल सगको कुराकानीमा जानकारी गराएका थिए।

उनले हाल अस्ट्रेलियाको एसफील्डमा इन्डियन मार्ट ग्रोसरी स्टोर सञ्चालन गर्दै आएका छन । दैनिक ४०% नेपाली,५०% भारतीय र १०% अन्य मुलुकका कस्टमरहरु आफनो ग्रोसरी स्टोरमा भिजिट गर्ने गरेको र दिन प्रतिदिन नेपाली भाषा सिक्ने अबसर मिलेको बताएका थिए ।
भबिष्यमा ब्यापारलाई थप बिस्तार र बेबस्थित गरी ग्राहक बर्गको सेवामा सदैब साथ रहने बताएका थिए। मिहिनेति र मिलनसार स्वभाबका अन्सारी बैबाहिक र ब्यापारिक दुबैमा आफु संतुष्ट रहेको र कर्मको साथै कार्यलाई निरन्तरता दिए हामी सबै खुसी रहने जानकारी दिएका थिए।

अस्ट्रेलियाबाट नेपालसम्मको माया बिबाह पश्चात झन गहिरिदै गएको र नेपाल एक पटक जसरी पनि घुम्नु पर्ने देश भएको बताएका थिए। साथ साथै अन्य साथीहरुलाई पनि एकपटक घुम्न आग्रह गर्ने गरेको ओएस नेपालको कुराकानीमा जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Snowfall in humla welcomed by farmers

कमेडी च्याम्पियन खबपुले जित्ने रोल्पेली दाईको ठोकुवा ? गाए यस्तो कडा दोहोरी(भिडियो हेर्नुस)