पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन विस्तार गर्नुपर्छ – नेता पौडेल

दमौली -नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–५ को भेलालाई  सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन सुदृढीकरणको अभियान चलाउनुपर्ने बताउनुभयो ।

काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य पौडेलले वर्तमान सरकारको आलोचना बढेको भन्दै राम्रा भन्दा गलत क्रियाकलापमा सरकार फसेको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नयाँ काम गर्न नसकेको बताउँदै नेता पौडेलले देशमा भ्रष्टाचार बढ्दा देश विकासमा पछाडि परेको चर्चा गर्नुभयो । “दिनैपिच्छे विभिन्न काण्डका घटना सार्वजनिक भइरहेका छन्, यसको निष्पक्ष छानबिन गर्न आवश्यक छ”, नेता पौडेलले भन्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

५५० पशुलाई पोषण सुत्केरी भत्ता वितरण

नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स विश्व वरियताको १०औँ स्थानमा