काठमाडौँ, फागुन १८ । होस्टल कति सुरक्षीत छन् ? यो प्रश्न उठाइरहँदा मुगुमा एक १३ बर्षिय किशोरको छात्राबासमा काम गर्ने सहयोगी अर्जुन सेजुवालको कुटाइबाट निधन भएको छ ।
मुगु प्रहरीका अनुसार छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो ।
कु(टपि(टबाट गम्भिर घाइते भएका दिलीपलाई तत्कालै अस्पताल लगीएको तर बाहिरी चोट नदेखिएका कारण डाक्टरले औषधी दिएर पठाएपछि उनको शनिबार बिहान छात्रबासमा मृत्यु भएको आफन्तले बताएका छन् । दिलीको निधनपछि आफन्तले शनिबार नैं प्रहरीमा सेजुवालमाथि किटानी जाहेरी दिएपछि यो घटना बाहिर आएको हो ।
पोस्टमार्टम रिर्पोटपछि घटनाको विषयमा थप जानकारी आउने भएपनि घटनामा सलग्न छात्राबासमा काम गर्ने सहयोगी अर्जुन सेजुवाललाई प्रशासनले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।
Comments
0 comments