अस्ट्रेलिया धेरै नेपाली विद्यार्थीको रोजाइको देश, ठूला–ठूला भवन, लोभ लाग्दो दृश्य र साथीभाई, आफन्तले सामाजिक सञ्जालमा राखेको तस्बिर हेरेरै आकर्षित भई अस्ट्रेलिया आउन हतार नगर्नुस

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने देश हो । यहाँको शिक्षा प्रणाली, सुरक्षा व्यवस्था, अध्ययन पश्चात रोजगारीको अवसर, विश्वविद्यालयबाट लिएको डिग्रीको विश्वबजारमा माग र पढाइ सकेपछि अध्यागमन प्रक्रियालाई पूरा गर्न सकेमा स्थायी बासिन्दासम्म हुन सक्ने भएकोहुनाले पनि विद्यार्थीको अस्ट्रेलियाप्रतिको आकर्षण बढ्दै गएको छ । अस्ट्रेलियामा पढाइस्रँगै हप्ताको २० घण्टा काम गरेर जसोतसो खान र बस्न सकिने र पढाई सके पछि २ वर्ष को पी एस डब्लु मा फुल टाईम काम गर्न पाउदा केहि पैसा पनि कमाइने भएकोले पनि अस्ट्रेलिया विद्यार्थीका लागि आकर्षणको गन्तव्य भएको हो।

बाबा एजुकेसन कन्सलटेन्सीले अस्ट्रेलिया र नेपाल दुबै ठाउँबाट विद्यार्थीलाई शिक्षा र अध्यागमन सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । अस्ट्रेलियाको सिड्नीमा मूख्य कार्यालय रहेको बाबाको काठमाडौँको न्यूरोडमा कर्पोरेट कार्यालय छ भने पोखराको चिप्लेढुंगा, इटहरि र भक्तपुरको सुर्यविनायकमा शाखा कार्यलयहरु रहेका छन् । नेपालमा विगत ६ वर्षदेखि विद्यार्थीहरुलाई अस्ट्रेलिया अध्ययन सम्बन्धी यथार्थ जानकारी, उचित परामर्शसँगै सही मार्ग निर्देशन प्रदान गर्दै आएको छ।

बाबाले सिड्निमा विद्यार्थीहरुलाई उनीहरुको अध्ययन अवधीमा आइपर्ने शैक्षिक समस्याको समाधानसँगै स्टुडेन्ट भिसा, डिपेन्डेन्ट भिसा, टीआर, पीआरलगायत अन्य धेरै सेवा सुविधाका लागि आवश्यक तयारी गराउँदै आएको छ । बाबा एजुकेसन कन्सलटेन्सीबाट नेपाली बाहेक अन्य देशहरु जस्तै भारत, चीन, कोरिया, फिलिपिन्सलगायत धेरै देशका विद्यार्थीहरुले सिड्नी अफिसबाट सेवा सुविधा लिँदै आएका छन् । यो अर्थमा पनि बाबा एजुकेसन कन्सलटेन्सीले नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा धेरै विद्यार्थीहरुलाई शैक्षिक मार्गनिर्देशन दिई सहि गन्तव्यमा पुग्न मद्दत गर्दै आएको छ ।

अस्ट्रेलिया धेरै नेपाली विद्यार्थीको रोजाइको देश भएपनि यहाँको काम, पढाइ र अन्य दिनचर्या त्यति सहज चाई छैन् । ठूला–ठूला भवन, लोभ लाग्दो दृश्य र यहाँ आइ सकेका साथीभाई, आफन्तले सामाजिक सञ्जालमा राखेको तस्बिर हेरेरै आकर्षित भई अस्ट्रेलिया आउन हतार गर्नु हुदैन । अस्ट्रेलिया अध्ययनमा आउनु अघि विद्यार्थीले, यहाँको पढाइ ,भिसा नीति, पाइने काम, बसोबास लगाएत अन्य धेरै कुराहरुका बारेमा सम्पूर्ण रुपमा बुझेर आवश्यक सीप सिकेर मात्र आउनु पर्ने हुन्छ ।

विगतमा यी कुराहरुमा विद्यार्थीहरु मानसिक र शारीरिकरुपमा तयार भएर नआउनाले विद्यार्थीलाई यहाँ असहज अवस्था रहेको खबर बेला बेलामा सुनिने गरेको छ । तसर्थ अस्ट्रेलियाको बारेमा राम्रो अध्ययन गरेर आए राम्रै फल पाइने र हतारमा आए समस्या भोग्नुपर्ने भएकोले विद्यार्थी अध्ययनमा आउनुपूर्व सचेत हुनु आवश्यक छ । विकासको गतिमा हेर्दा अस्ट्रेलिया नेपालभन्दा धेरै गुणा विकसित छ ।

यहाँको भौतिक, सामाजिक र प्राविधिक विकासले धेरै क्षेत्रहरुमा हाँगा फैलिएको देख्दा हामीलाई अर्कै संसारमा प्रवेश गरेको महसुस हुन्छ । अस्ट्रेलियनहरुको कडा मिहिनेत र परिश्रमले नै आज अस्ट्रेलिया संसार भरका मान्छेहरुलाई आकर्षणको देश बनेको छ । यहाँ रहेका हरेक देशका नागरिक वा आप्रबासीहरुले त्यतिनै मिहिनेत गर्नुपर्ने हुन्छ जति अस्ट्रेलियनहरुले गर्छन ।

तर, अधिकांश नेपाली विद्यार्थीहरु प्लस टू सकेपछि आउने, अझ भनौ सानो उमेरमा आफू परिपक्क नभइ आउदा आफूहरुलाई दुःख र पीडा भएको भन्ने गुनासो गर्ने गरेको सुनिन्छ । वास्तवमा त्यो दुःख विद्यार्थीले पूर्व तयारी नगर्नाले वा सही परामर्श नपाउनाले निम्तिएको हो । सीप नसिकी अस्ट्रेलिया आउनाले कामको दुःख हुने गरेको छ । त्यसैले विद्यार्थीले अस्ट्रेलिया आउनु अघि सम्पूर्ण रुपमा सावधानी र तयारी अपनाउनुपर्ने हुन्छ ।अन्यथा यस्तो अभिव्यक्ति र अवस्थाले गर्दा नेपालबाट वास्तविक रुपमा अध्ययन गर्न आउन चाहने विद्यार्थीहरुलाई पनि नकारात्मक प्रभाव पर्न सक्छ।

त्यसैले विद्यार्थीले आफूले पीडा भोग्नु अघि नेपालबाटै सम्पूर्ण कुराहरु बुझेर, आवश्यक परामर्श लिएर मात्रै अस्ट्रेलिया आउनु पर्ने हुन्छ । नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया आफैमा अवसर भएको देश हो तर सही तरिकाको अध्ययन र नेपालबाट आउदा देखाइएको कागजपत्र अनुसारको नियम पालना नगरी नकारात्मक हल्ला फैलाउँदा अस्ट्रेलियाको अध्यागमन बिभागले नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रवेशमा कडाइ गर्न पनि सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भाइरल भैदियो पछि “दिलको ट्रेण्डिङ” लिएर आए मानस राज(भिडियो सहित)

उपत्यकाभित्रका ढुंगेधारा र पोखरीहरुलाई जीवन्तता दिनेछौं : खानेपानी मन्त्री मगर